बरुण हाइड्रोको अवितरित हकप्रद शेयर बाँडफाँट सम्पन्न

काठमाडौं । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले बिक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि २१ गतेसम्म ३ लाख ५५ हजार ६० कित्ता हकप्रद शेयर लिलामीा प्रकृयाबाट बिक्री गरेको थियो ।
उक्त तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूको बोलपत्र कात्तिक २८ गते खोलि कात्तिक २९ गते बाँडफाँट गरिएको विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ ।
उक्त शेयर बाँडफाँटको अन्तिम मूल्य प्रतिकित्ता १९१ दशमलव ३४ रुपैयाँ रहेको बिक्री प्रबन्धकले जनाएको छ ।
सो मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ । यो बाँडफाँटमा नपरेको शेयर वापतको रकम मंसिर २ गते शुक्रवारदेखि फिर्ता भुक्तानी गरिएको जानकारी समेत बिक्री प्रबन्धकले दिएको छ ।












