आइएमई पेको नौलो अफर, भाग्यशालीलाई १ रुपैयामै हवाई टिकट

काठमाण्डौं । विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पेले आसन्न आम निर्वाचनलाई लक्षित गरी हवाई यात्रा अफर सार्वजनिक गरेको छ ।
अफरअनुसार ‘आइएमई पे’ एपमार्फत हवाई टिकट काट्नेमध्ये हरेक दिन एकजना भाग्यशाली विजेताले १ रुपैयाँमा सो टिकट प्राप्त गर्न सक्नेछन् । प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुलप्राइस) मै खरिद गर्नुपर्ने हुन्छ । यो अफरमा प्रतिदिन विजेता घोषित हुने एकजना भाग्यशाली विजेताले रू।१ बाहेकको पूर्ण मूल्य क्यासब्याक स्वरूप पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ १ रुपैयाँमा हवाई टिकट अफर सार्वजनिक गरिएको हो । अफर कार्तिक ३० देखि मंसीर ९ गरी जम्मा १० दिनसम्म कायम हुनेछ ।












