एनसीसी बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२ मंसिर २०७९, शुक्रबार १८:०२

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाण्डौंमा सम्पन्न भएको हो ।

उक्त सभामा प्रस्ताव गरिएको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांस (लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।

साथै सभाबाट पारित ३.३६६३ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ रुपैयाँ पुग्नेछ ।
आर्थिक वर्ष २०७८।७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले बृद्धि भई १४१ अर्ब ५० करोड रुपैयाँ पुगेकोे छ । त्यसै गरी बैंकले १२४ अर्ब ८७ करोड रुपैयाँ खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्घि हासिल गरेकोछ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा र १४४ एटिएम र १५ एक्टेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*