एभरेष्ट बैंकको साधारणसभा मंसिर २६ गते, लाभांश प्रस्ताव र पुँजि वृद्धि मुख्य एजेण्डा
४ मंसिर २०७९, आईतवार ११:१४

काठमाडौं । एभरेष्ट बैंकले मंसिर २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७।६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
साथै, अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । बैंकले हालै साधारण सेयरमा परिणत गरेको ७ प्रतिशत अग्राधिकार सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ ।
साधारण सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १२ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।












