नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ मर्ज हुने, दुबैको बिशेष साधारणसभा आह्वान

४ मंसिर २०७९, आईतवार १३:३२

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले नेपाल बंगलादेश क्यापिटललाई गाभ्ने भएको छ । यस प्रस्ताव सहित दुवै कम्पनीले मङ्सिर १८ गते विशेष साधारणसभा आह्वान गरेका छन् ।नबिल इन्भेष्टमेन्टले आफ्नै कार्यालय र नेपाल बंगलादेश क्यापिटलले नबिल बैंकको केन्द्रीय कार्यालयमा सभा डाकेको छ ।

नबिल बैंकले नेपाल बंगालदेश बैंकलाई गाभेर एकिकृत कारोबार सुरु गरेसँगै नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्टले नेपाल बंगालदेश बैंकको सहायक कम्पनीको रुपमा रहेको नेपाल बंगलादेश क्यापिटललाई गाभ्न लागेको हो।

नबिल इन्भेष्टमेन्टले नेपाल बंगलादेश क्यापिटललाई १ः०.२७ को स्वापमा गाभ्ने लागेको हो । अर्थात् नेपाल बंगलादेश क्यापिटलको १०० कित्ता शेयर बराबर नबिल इन्भेष्टमेन्टको २७ कित्ता शेयर हुने गरि स्वाप तय भएको छ ।
दुबै क्यापिटलले गाभ्ने प्रस्तावको अधिकार संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*