सानिमा बैंकको बार्षिक साधारणसभा पुस ३ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
४ मंसिर २०७९, आईतवार १४:४०

काठमाडौं । सानिमा बैंकको बार्षिक साधारणसभा पुस ३ गते हुने भएको छ। सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।
अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ । साथै, सभामार्फत सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ ।
साधारण सभा आम्रपाली बैंक्वेट, वालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि मंसिर १९ गते बुक क्लोज हुनेछ । मंसिर १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।












