निफ्राले पाँच अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

४ मंसिर २०७९, आईतवार १८:१०

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सर्वसाधारणका लागि ऋणपत्र निष्काशन गर्ने भएको छ। निफ्राले पाँच अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। धितोपत्र बोर्डले निफ्रालाई पाँच अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि अनुमति दिएको हो ।

कम्पनीले आगामी सात वर्ष सम्मका लागि वार्षिक ७ प्रतिशत ब्याजदरमा ५० लाख कित्ता निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६ नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।कुल कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

बैंकको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*