खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा महिला लघुवित्तको मुनाफामा प्रभावित, अन्य वित्तिय स्थिति कस्तो ?

५ मंसिर २०७९, सोमबार १५:१२

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले १ करोड ५९ लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको छ । गत आवको पहिलो त्रैमाससम्मको तुलनामा यस आवमा कम्पनीको खुद नाफा ५१ दशमलव १४ प्रतिशत कम भएको हो । गत आवको यस अवधिसम्म कम्पनीले ३ करोड २७ लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको थियो ।

गत आवभन्दा यस आवमा कम्पनीको सञ्चालन नाफा पनि ५१ दशमलव १४ प्रतिशत नै घटेको छ । गत आवमा ४ करोड ६७ लाख रुपैयाँ भन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस आवमा वर्ष २ करोड २८ लाख रुपैयाँ भन्दा बढी मात्र उक्त नाफा गरेको हो । कम्पनीको खुद सञ्चालन आम्दानी गत आवभन्दा करिब १६ प्रतिशत कम भएकाले सञ्चालन नाफा र खुद नाफामा असर परेको हो । गत आवमा ८ करोड ८० लाख रुपैयाँ भन्दा बढी खुद सञ्चालन आम्दानी गरेको कम्पनीले यस आवमा ७ करोड ४० लाख रुपैयाँ भन्दा बढी खुद सञ्चालन आम्दानी गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १४ करोड ७५ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङ ५ दशमलव ५९ प्रतिशत बढी १५ करोड ६२ लाख रुपैयाँ भन्दा बढी छ । कम्पनीको जगेडा कोष रकम गत आवभन्दा ६ दशमलव ३८ प्रतिशत बढी १२ करोड ६९ लाख रुपैयाँ भन्दा बढी कायम भएको छ ।

गत आवभन्दा करिब ३ प्रतिशत १ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले गत आवभन्दा ६ दशमलव २० प्रतिशत बढी २ अर्ब ८० करोड ५८ लाख रुपैयाँ भन्दा बढी कर्जा सापटी लिएको छ । यस आवमा कम्पनीको कर्जा सापटी भने ४ दशमलव ८९ प्रतिशत बढी ४ अर्ब ६१ करोड रुपैयाँ छ । गत आवमा ३ दशमलव शून्य ५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस आवमा घटेर २ दशमलव ७७ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी ४३ दशमलव ३९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २९२ दशमलव शून्य ३ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*