एभरेष्ट बैंकद्धारा बुकक्लोजको मिति तय

६ मंसिर २०७९, मंगलवार १०:२१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक साधराण सभा प्रयोजनका लागि यहि मंसिर १३ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ मंसिर १२ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा उपस्थित हुन र सो शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रीतशत नगद लाभांश (कर सहित) गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावित लाभांश पारितका लागि कम्पनीले मंसिर २६ गते साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*