स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
६ मंसिर २०७९, मंगलवार १०:२६

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको १६.५१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ७ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६.५१ प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १६ रुपैयाँ ५१ पैसा नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश पारितका लागि कम्पनीले मङ्सिर २५ गते आर्मी अफिसर्स क्लबमा साधारण सभा आह्वान गरेको छ ।












