लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगदमा जोड

६ मंसिर २०७९, मंगलवार १०:४२

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आव २०७८।७९ को संचित मुनाफाबाट कुल १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट कायम चुक्तापुँजीको ३ प्रतिशत बोनस शेयर र ९ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*