आरएमडीसी लघुवित्तका सिइओ ज्योतिचन्द्र ओझाद्धारा राजिनामा, कामु सिइओको जिम्मेवारी पृथ बहादुर थापालाई

६ मंसिर २०७९, मंगलवार ११:२१

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिचन्द्र ओझाले राजिनामा दिएका छन् ।
ओझाले संस्थाको सिइओ पदबाट मंसिर ७ गतेदेखि लागू हुनेगरी राजिनामा पेश गरेकोमा कम्पनीको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

साथै सोही मितिदेखि नै लागू हुनेगरी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापालाई कायम मुकायम सिइओको जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*