शेयरबजारमा झिनो अंकको गिरावट, चुनावपछि लगानीकर्तामा देखियो उत्साह

६ मंसिर २०७९, मंगलवार १५:०९

काठमाडौं । चार दिन बन्द रहेको शेयरबजार आज खुलेको छ । चुनावपछि शेयरबजारमा रौनक आउन सक्ने आशावादीमा बसेका लगानीकर्ताहरुमा आजको शेयरमार्केटको अवस्थाले निराशा बनाएको छ ।

प्रि–ओपनिङ सेसनमा नेप्से सूचकमा झिनो अंकको सुधार देखिएपनि मार्केट क्लोज हुने बेलासम्म नेप्से परिसूचक ७.१३ अंकले घटेर परिसूचक १९२९ विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३५ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आज नेप्से परिसूचक सामान्य अंकले घटेपनि कारोबार रकम भने बढ्न पुगेको छ । शेयरबजार खुलेको केही समयसम्म रौनकता छाएसँगै लगानीकर्ताहरुले धमाधम शेयर खरिदबिक्री गरेको आजको कारोबारले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*