नेप्सेमा ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

६ मंसिर २०७९, मंगलवार १५:५५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ग्लोबल आइएमई बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकले लाभांश वितरण प्रयोजनका लागि मंसिर ७ गते बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य २५१ रुपैयाँ ४० पैसाका आधारमा नेप्सेले ३ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य २४४ रुपैयाँ ०८ पैसा कायम गरेको छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू बैंकबीच मर्जर प्रयोजनका लागि गत असार २ गतेबाट शेयर कारोबार रामेक्का रहेकोले साधारण सभा तथा बोनस शेयर प्रयोजनका लागि शेयर दाखिला खारेजको काम मंसिर ७ गते एकदिन बन्द रहने बैंकले जनाएको थियो ।

मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भई मंसिर १४ गतेसम्म बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल काठमाडौंमा प्राप्त शेयर नामसारीको आधारमा शेयरधनी दता किताबमा कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*