नबिल फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको ‘नबिल फ्लेक्सी क्याप फण्ड’मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कात्तिक २३ गते, बुधबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको सो फण्डको इकाईका लागि आज (मंसिर ७) गते बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।
क्यापिटलले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७ करोड इकाईहरु निष्कासन गरेको हो ।
जसमध्ये १४ प्रतिशत इकाई कोष प्रवद्धक नबिल बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । एक प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका लागि छुट्याइएको छ । त्यसपछी बाँकी रहेको ६ करोड ३७ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री गरिनेछ । यो खुल्लामुखी योजना हो ।












