राधी विद्युत कम्पनीको लिलामी सेयरमा आवेदन दिने समय थप

७ मंसिर २०७९, बुधबार १३:३१

काठमाडौं । राधी विद्युत कम्पनीले बिक्री खुला गरेको लिलामी सेयरमा आवेदन दिने समय १ दिन पुन ः थप गरेको छ। निर्वाचनमा मंसिर ४ र ५ गते सार्वजनिक बिदा भएकोले १ दिन समय थप गरिएको कम्पनीले जनाएको छ ।

अब यसमा बिहीबार ९मंसिर ८ गते० सम्म आवेदन दिन सकिनेछ । कम्पनीले कात्तिक २९ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ५२७ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । राधी विद्युतले गत असोज ५ गतेदेखि १४७५ हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले असोज ५ गतेबाट २५ गतेसम्म कुल ९५ लाख ३५ हजार ७६०।९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, मुक्तिनाथ विकास बैंक लिमिटेडका शाखा कार्यालयहरु ठिमी, कामारीपाटी,इटहरी, विराटनगर,इलाम, विर्तामोड, विरगंज, जनकपुर, नारायणगढ,हेटौडा,पृथ्विचोक– पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगन्ज, घनगढी, तुल्सीपुर, सुर्खेत र महेन्द्रनगरबाट पनि आवेदन दिन पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*