पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । पिपुल्स हाइड्रोपावरले सर्वसाधारणका लागि जाी गरेको आईपीओ आज दिउँसो बाँडफाँट भएको छ । कम्पनीको बिक्रि प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा एक कार्यक्रमका बीच आईपीओ बाँडफाँट गरिएको हो ।
सर्वसाधारणका लागि छुट्याइएको उक्त आईपीओ ५ लाख १५ हजार ७ सय ८८ जनाले १०–१० कित्ताका दरले पाएका छन् ।
आईपिओमा कुल १२ लाख ३० हजार ६ सय ५ जनाले आवेदन दिएकोमा ३ हजार ५ सय ४६ जनाको आवेदन रद्द भएको छ । दोहोरो आवेदन दिएका, स्थानीय शेयरधनीले आवेदन दिएका र प्रमोटर शेयरधनीले आवेदन दिएका गरि कुल ३ हजार ५ सय ४६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
बाँकि रहेका १२ लाख २७ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथा गरि शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ५ लाख १५ हजार ७ सय ८८ जनाले १० कित्ताको दरलेले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको हो । त्यस अनुसार शेयर वितरण गर्दा कुल आवेदक मध्ये ४०।६६ प्रतिशत अर्थात ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै शेयर पाएका छन् ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई र सर्वसाधारणलाई गरी ८० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।












