रियलमी नार्जो सिरिजको नयाँँ मोडल नार्जो ५० आइ प्राइम नेपालमा उपलब्ध

काठमाडौँ, विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नार्जो फ्यामिलीमा फेरी अर्को एउटा सिरिज थपेको छ– रियलमी नार्जो ५० आइ प्राइम । यसले नार्जोको स्टाइलिश डिजाइन, छरितो पर्फर्मेन्स र पावरफुल प्रोसेसरको लेगसीलाई अझै विशाल बनाउने र प्रयोगकर्तालाई समग्र रुपमा एउटा पूर्ण स्मार्टफोन एक्स्पिरियन्स प्रदान गर्ने विश्वास गरिएको छ ।
लन्चको बारेमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, “नार्जो सिरिजको नयाँँ सदस्यको रुपमा रियलमी नार्जो ५० आइ प्राइमलाई लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । नेपालको गेमिङ क्राउडले नार्जो सिरिजलाई एकदमै मन पराएको थियो । त्यसैले हामीलाई अझै पावरफुल गेमिङ फोन ल्याउन हौसला दिएको थियो । एन्ट्री लेभलको सबैभन्दा स्टाइलिश फोन नार्जो ५०आइ प्राइम अब अझै आकर्षक भर्टिकल स्ट्राइप डिजाइनमा आएको छ र यसको पावरफुल युनिसक त्टज्ञद्द प्रोसेसरले पहिलाको भन्दा अझै पावरफुल पर्फर्मेन्स प्रदान गर्छ । एउटा ब्रान्डको रुपमा रियलमीले सदैव आफ्नो स्मार्टफोनहरुमा नवीनतम प्रविधीहरु प्रयोग गर्न तत्पर छ र रियलमी नार्जो ५० आइ प्राइमले रियलमीलाई एक कदम अगाडि बढाएको छ ।”
प्रयोगकर्ताहरुलाई अहिलेसम्मकै उत्कृष्ट अनुभव प्रदान गर्ने हिसाबले रियलमी नार्जो ५० आइ प्राइमको डिजाइन गरिएको कम्पनीले जनाएको छ । साथै यो मुल्यमा उपलब्ध अहिलेसम्मकै पातलो र हल्का वजनको फोन भएको पनि कम्पनीले दावी गरेको छ । ८.५ मिमिको अल्ट्रा स्लिम बडी भएको यस फोनको तौल भने जम्मा १८२ ग्राम रहेको छ । भर्टिकल स्ट्राइप डिजाइनले हेर्दा जति आकर्षक देखाएको छ, यसको प्रोसेसर पनि उत्तिकै शक्तिशाली रहेको छ ।
सजिलोसँग ब्लकबस्टर शट्सहरु लिन र डिटेल्ड तस्विरहरु लिनको लागि यसमा ८ एमपिको एआइ क्यामरा राखिएको छ । त्यस्तै यसमा रहेको ५००० एमएएच्को शक्तिशाली ब्याट्रि स्ट्यान्ड बाइ मोडमा ४५ दिनसम्म टिक्न सक्छ । ३ जिबि ¥याम र ३२ जिबि रोम भएको सेटको मुल्य रु १४,४९९ रहेको छ भने ४ जिबि ¥याम र ६४ जिबि रोम भएको सेटको मुल्य रु १५,९९९ रहेको छ । यी फोनहरु आकर्षक डार्क ब्लु र मिन्ट ग्रिन रंगहरुमा उपलब्ध छन् ।












