युनाइटेड इदी मर्दीको लाभांश घोषणा, साधारण सभा र बुकक्लोजको मिति समेत तय

८ मंसिर २०७९, बिहीबार १०:१६

काठमाडौं । युनाइटेड इदि मार्दी एण्ड आर बि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १०.५२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधराण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ । कम्पनीले सोही प्रस्तावित लाभांश पारितका लागि १३औं वार्षिक साधारण सभा मंसिर २८ गते आभ्या क्लब घारीपाटन–१७ पोखरा कास्कीमा दिनको ११ बजे बस्नेगरी आह्वान गरेको छ ।

साथै कम्पनीले यहि मंसिर १६ गते बुकक्लोजको मिति समेत तय गरेको छ ।यसर्थ मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*