कुमारी बैंकले तोक्यो विशेष सभा प्रयोजनार्थ बुकक्लोजको मिति

८ मंसिर २०७९, बिहीबार १०:३०

काठमाडौं । कुमारी बैंक लिमिटेडले विशेष साधारण सभा प्रयोजनका लागि शेयर दाखिला खारेज बन्द गर्ने मिति तोकेको छ । बैंकले एनसीसी बैंकसँग मर्जरमा जाने विषयमा छलफल गर्न विशेष साधारण सभा बस्ने निर्णय गरेको छ ।

सोही विशेष सभा प्रयोजनका लागि बैंकले मंसिर १५ गते भन्दा अघि सम्म शेयर कारोबार भई प्रचलित नियमअनुसारको समयावधिभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडमा शेयरधनी किताबमा दाखिल खारेज नामसारी भई शेयर कायम भई बैंकका शेयरधनीहरले मात्रै विशेष सभामा भाग लिन पाउने बैंकले जनाएको छ ।

बैंकले सोही अनुसार मंसिर १५ गते एक दिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ मंसिर १४ गतेसम्म कायम शेयरधनीहरु सभामा उपस्थित हुन पाउनेछन् । कुमारी बैंक र एनसीसी बैंकले मर्जरमा जानका लागि बराबर १ः१ स्वाप रेसियो समेत तोकिसकेको छ । तर विशेष सधारण सभाको मिति भने तोक्न बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*