श्री इन्भेष्टमेन्ट फाइनान्सले डाक्यो विशेष साधारण सभा, नयाँ संचालक समिति गठन गर्ने विशेष प्रस्ताव

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले विशेष सधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले सभा यहि मंसिर २३ गते कम्पनीको रजिष्टार्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।
कम्पनीको सो सभाले गत असार २० गतेदेखि यहि मंसिर २३ गतेसम्मको लागि वर्तमान संचालक समितिले गरेको कामकाज अनुमोदन गर्नेछ । साथै संस्थापक शेयरधनीबाट ३ जना संचालक र सर्वसाधारण शेयरधनीबाट ३ जना गरी कुल ६ जना संचालक निर्वाचन गर्ने मुख्य प्रस्ताव गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ यहि मसिर १५ गते एकदिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ मंसिर १४ गतेसम्म कायम शेयरधनीमात्रै सभामा उपस्थित हुन पाउनेछ ।












