१ हजार रुपैयाँले बढ्यो सुुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
८ मंसिर २०७९, बिहीबार १०:४८

काठमाडौ । नेपाली बजारमा बुधवारका दिन सुनको मूल्य तोलाको १ हजार रुपैयाँले र चाँदीको मुल्य ३० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

नेपाली बजारमा बुधवारका दिन सुनको मूल्य तोलाको ४ सय रुपैयाँले र चाँदीको मुल्य ५ रुपैयाँले घटेको थियो ।












