बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, आधा शेयरका लागि परेन आवेदन

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नंं १,४ र ५ साविक कुश्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुमा स्थानीय बासिन्दाहरुलाई १०० रुपैयाँ अंकित दरका कुल २ लाख ५० हजार कित्ता शेयर गत कात्तिक ४ गतेदेखि कात्तिक २५ गतेसम्म निष्काशन गरेकोमा उक्त शेयर बाँडफाँड गरेको हो ।
सो अवधिभित्र आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई १ लाख ४६ हजार कित्ता शेयरहरु मंसिर ७ गते बाँडफाँड गरिएको हो । आवेदकहरुले कम्पनीको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडको वेबसाइटमार्फत आइपीओ नतिजा हेर्न सक्नेछन् ।












