लाभांश पाउन शाइन रेसुङ्गा बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप कम्पनी

८ मंसिर २०७९, बिहीबार १५:०३

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । दुईदिनयता सामान्य अंकले घट्न पुगेको नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से बढेपनि आज कारोबार भने ९२ करोडमा सीमित हुन पुगेको छ । सो रकम बराबरको कारोबार हँुदा आज सर्वाधिक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ६ करोड ८० लाख, एनआइसी एशिया बैंकको २ करोड ९३ लाख, नेष्डो समृद्ध लघुवित्तको २ करोड ८१ लाख र नबिल बैंकको २ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*