निफ्राको बार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव सहित यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को भोलि (मंसिर १० गते) वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले ४।२१ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पेश गर्दैछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।
निफ्राले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर १ गते बुक क्लोज गरिसकेको छ । कात्तिक ३० गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।












