निफ्राको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

११ मंसिर २०७९, आईतवार १०:१३

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राको साधारणसभा सम्पन्न भएको छ। सभाले लगानीकर्तालाई ४।२१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । शनिबार सम्पन्न साधारणसभाले बैंकको चुक्ता पुँजीको ४।२१ प्रतिशत हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाबाट सर्वसम्मतिले पारित भएको छ । साधारणसभाले गत आव २०७८(७९ को वित्तीय विवरणसहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव तथा चालु आव २०७९(८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

निफ्रा स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालीन स्रोत सङ्कलन गरी मुलुकको पूर्वाधारका परियोजनामा लगानीको पहुँच वृद्धि गर्ने उद्देश्यले स्थापित बैंक हो । सञ्चालनको चौथो वर्षमा रहेको यो बैंकले गत असार समान्तसम्ममा ३२ अर्ब ८९ कारोड रुपैयाँको कर्जा स्वीकृत गरेको छ भने १५ अर्ब ५८ करोड बराबरको कर्जा प्रवाह गरिसकेको छ । यसअवपधमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

निफ्राले मुलुकमा निर्माण हुने दीर्घकालीन पूर्वाधारमा सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रवद्र्धन गर्ने विषयलाई मुख्य आधार मानी ४ वर्षे रणनीतिक योजना अनुरुप व्यावसायिक गतिविधि गरिरहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*