प्रभु बैंकले क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता भाँडियो

११ मंसिर २०७९, आईतवार १०:५१

काठमाडौं । प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सम्झौता भाँडिएको छ ।

फाइनान्सको मंसिर १ गतेको पत्रानुसार बैंकले फाइनान्सलाई एक्विजिशन गर्ने सम्बन्धी सबै प्रक्रिया स्थाी रुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिशन समिति समेत भङ्ग गर्न अनुरोध गरेकाले बैंकको मंसिर ८ गते बसेको संचालक समितिको बैठकले संस्थाको अनुरोध बमोजिम मर्जर सम्झौता भाँडेको हो ।

फाइनान्सको पत्रानुसार प्रभु बैंकले क्यापिटल मर्चेण्ट एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा अघि बढाइएको सम्पूर्ण प्रकृया अन्त्य गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*