कुमारी धनबृद्धि योजनाको नाफा बढ्यो, न्याभ कति ?

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजनाले कात्तिक मसान्तसम्मको वित्तीय सार्वजनिक गरेको छ । विवरणअनुसार उक्त योजनाको नाफा बृद्धि भएको छ ।
असोज मसान्तसम्म ५० लाख ३७ हजारभन्दा बढी रहेको योजनाको नाफा कात्तिक महीनामा १ करोड ८१ लाख रुपैयाँ भन्दा बढीले वृद्धि भई २ करोड ३२ लाख रुपैयाँ भन्दा बढी पुगेको हो ।
असोज मसान्तको तुलनामा कात्तिक महीनामा योजनाको जम्मा आम्दानी २ करोड रुपैयाँ भन्दा बढीले वृद्धि भएको छ । असोज मसान्तसम्म १ करोड ७ लाख रुपैयाँ भन्दा बढी जम्मा आम्दानी रहेको योजनाको कात्तिक मसान्तसम्म यो आम्दानी ३ करोड ७ लाख रुपैयाँभन्दा बढी भएको छ ।
असोज मसान्तसम्म फण्डको १० रुपैयाा २ पैसा रहेको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) कात्तिक मसान्तसम्म बढेर १० रुपैयाँ १७ पैसा भएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड २५ लाख ७ हजार २५९ इकाई विक्री गरेको थियो ।












