छिमेक लघुवित्त २२औं वर्षमा प्रवेश, दिगो रुपमा वित्तीय सेवामा पहुँच पुर्याउँने प्रतिबद्धता

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड २१ वर्ष पुरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । लघुवित्तले २२ वर्षको अन्तरालमा वित्तीय क्षेत्रमा उल्लेख्य ब्यवसाय गर्दै अघि बढिरहेको छ ।
लघुवित्तले २२औं वर्षको यात्रामा सल्लाह, सुझाव, सहयोग एवं मार्गदर्शन प्रदान गर्ने समस्त सदस्यवर्ग, नियमनकारी निकाय, संचालक, शेयरधनी, कर्मचारी लगायत शुभचिन्तकहरु प्रति कृतज्ञता ज्ञापन गरेको छ ।
लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा निक्षेप तथा सापटी ३३ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ पुगेको छ । २२ औं वर्षको यात्रासम्म लघुवित्तले ३३ अर्ब ५९ करोड ४९ लाख रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ ।
वित्तीय क्षेत्रमा सकारात्मक योगदान गर्दै लघुवित्तले अनिवार्य बचत, ऐच्छिक बचत, सामुहिक बचत, मेरो सजिलो बचत जस्ता बचतमार्फत सदस्यहरुमार्पmत निक्षेप संकलन गर्दै आइरहेको छ । हाल लघुवित्तको २०१ वटा शाखा कार्यालय संचालनमा रहेका छन् ।
सीमान्तकृत महिला सदस्यहरुको वित्तीय सेवामा पहुँच सुधार गर्ने व्यापक उद्देश्यका साथ स्थापना भएको संस्थाले बचतको संस्कृतिलाई प्रबद्र्धन गर्न, आय आर्जनलार्य प्रोत्साहन गर्ने, लघु उद्यम विकासलाई समर्थन गर्ने र सदस्यहरुलाई सामाजिक सुरक्षा सेवाहरु प्रदान गर्ने प्रयास गर्दछ ।
नेप्सेमा सूचीकृत यस संस्थामा नबिल बैंकको ८.७३ प्रतिशत, बैंक अफ काठमाण्डूको ८.३४ प्रतिशत, हिमालयन बैंकको ९.३० प्रतिशत, छिमेकी समाज सेवा केन्द्रको १२ प्रतिशत र अन्य शेयरधारकहरुको ६१.६३ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी २ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ९५ करोड ७८ लाख रुपैयाँ संचित रहेको छ ।
त्यस्तै, लघुवित्तले १० आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई उत्कृष्ट मुनाफा वितरण गर्दै आइरहेको छ । संस्थाले आव २०६८।६९ देखि शेयरधनीहरुलाई लाभांश बाँड्दै आइरहेको छ ।
आर्थिक वर्ष २०७१।७२ र २०७२।७३ मा संस्थाले शेयरधनीहरुलाई ४० प्रतिशत बोनस शेयर र १२.७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले अघिल्लो आवमा मात्रै शेयरधनीहरुलार्य २७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
लघुवित्त सेवाको माध्यमबाट गरिब, भूमिहीन, सम्पत्तिविहीन र विपन्न ग्रामीण महिलाको सामाजिक–आर्थिक अवस्था सुधार गर्न लघुवित्तले उद्देश्य लिएको छ ।












