हिमालयन डिष्टिलरीसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
११ मंसिर २०७९, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । गत साता उतारचढाव देखिएको शेयरबजार आज ३२ अंकले बढ्न पुगेको छ ।
नेप्से परिसूचक आज ३२ अंकले बढेर १९६५ विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै आज २ अर्बमाथिको कारोबार भएको छ । सर्वाधिक हिमालयन डिष्टिलरीको ४५ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको १२ करोड ३ लाख, एनटिसिको ९ करोड ७९ लाख, शिवम् सिमेन्ट्सको ८ करोड १८ लाख र नेष्डो समृद्ध लघुवित्तको ६ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













