आरविवि म्युचुअल फण्ड–१ को नाफा र न्याभ दुवै बढ्यो

१२ मंसिर २०७९, सोमबार ११:२१

काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालित आरविवि म्युचुअल फण्ड–१ ले कात्तिक मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार फण्डको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

असोज मसान्तसम्म ८७ लाख ९० हजार रुपैयाँ नोक्सानमा रहेको फण्डले यस मसान्तसम्ममा ६३ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, फण्डको कात्तिक मसान्तसम्म सूचीकृत शेयरमा लगानी समेत बढेर ४५ करोड ११ लाख ६६ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म फण्डेका यस्तो लगानी ४३ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, फण्डको प्रतिइकाई खु्द मूल्य (न्याभ) बढेको छ । असोज मसान्तसम्म ८ रुपैयाँ ९० पैसा रहेको फण्डको न्याभ कात्तिक मसान्तसम्म बढेर ९ रुपैयाँ २ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*