नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरको अन्तिम सम्झौता स्वीकृत

१३ मंसिर २०७९, मंगलवार १२:४८

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) प्रक्रियाको क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत भई हस्तान्तरण भएको छ ।

यी दुबैं बैंकको छुट्टाछुट्टै बसेको संचालक समितिको बैठकबाट मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरको अन्तिम सम्झौता स्वीकृत भएको हो ।

दुवै बैंकको डीडीए रिपोर्ट अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको १००ः ९० स्वाप रेसियो कायम भई मर्जरमा जाने सम्झौता गरेका थिए ।
यी दुई बैंकले जेठ २७ गते एक आपसममा मर्जरमा जाने सहमति गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई एक आपसमा मर्जमा जानको लागि नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको छ । दुवै बैंकलाई असार २२ गते (बुधबार) मर्जरको लागि राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको हो ।

सम्झौताअनुसार मर्ज पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ भने नयाँ बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे, अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र नायब प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज जोशी रहने छन् ।
हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*