झिनो अंकले बढ्यो नेप्से, कारोबार ९५ करोडमा सीमित

१३ मंसिर २०७९, मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो दिन शेयरबजार झिनो अंकले बढेको छ । अघिल्लो दिन १५ अंकले घटेको नेप्से परिसचूक आज २.९९ अंकले बढेर १९५३ विन्दुमा कायम भएको छ ।

शेयरबजार खुलेको केही समयसम्म घटेको शेयरबजार बन्द हुने बेलासम्म झिनो अंकले बढेर बन्द हुन पुगेको हो । आज नेप्सेमा सूचीकृत २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेले पछिल्लो केही दिनयता रोक्का रहेको कम्पनीहरुको शेयर फुकुवा गर्न थालेको छ । करिब दर्जन कम्पनीको शेयर कारोबार फुकुवा भएतापनि लगानीकर्ताहरुमा कुनै खालको उत्साह देखिएको छैन । शेयरबजार घटेसँगै कारोबार रकम समेत माथि उक्लिन सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*