युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१५ मंसिर २०७९, बिहीबार ०५:३१

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि मंसिर १६ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को संचित नाफाबाट आफ्ना शेयरधनीरुलाई १०।५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारितका लागि कम्पनीले यहि मंसिर २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।












