आइसीएफसी फाइनान्सको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

१५ मंसिर २०७९, बिहीबार १०:२३

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाईलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*