सरकार र निजि क्षेत्र मिलेर अघि बढ्नुपर्छ, तर अध्यारो कोठामा बसेर होइन खुल्ला छलफल हुनुपर्दछ: गगन थापा

१५ मंसिर २०७९, बिहीबार ११:१०

काठमाडौं । नव निर्वाचित सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आर्थिक सुधारको लागि सरकार र निजि क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

सेजनको २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित सेजन डे कार्यक्रममा उनले यस्तो बताएका हुन् । काठमाडौं क्षेत्र नं ४ बाट निर्वाचित सांसद थापाले निजि क्षेत्रसँग बसेर सरकारले काम गर्नुपर्ने बताए । थापाले चालु पुँजि सम्बन्धी नीति तत्कालका लागि पर सार्न सकिने तर सामूहिक रूपमा छलफल गर्नुपर्ने बताए । नेता सांसद थापाले देश संकटपूर्ण अवस्थामा रहेकोले सबै एक ठाउमा उभिनुपर्ने बताए ।

कार्यक्रममा एमालेका सांसद तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरोकारवाला निकायसँग बसेर छलफल नगरी चालु पुँजि कर्जा सम्बनधी व्यवस्था लागू गरेको आरोप लगाए। पूर्व अर्थमन्त्री पौडेलले अर्थतन्त्र बिग्रनु सरकारको समस्या भएको बताउदै बिग्रेको अर्थतन्त्रको जिम्मेवारी लिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंका अध्यक्ष शेखर गोल्छाले देशको अर्थतन्त्र गम्भिर अवस्थामा रहेकोले सरकार र राजनीतिक पार्टीहरू संवेदनशिल हुनुपर्न बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*