ज्योति विकास बैंकद्धारा संस्थापक शेयर बिक्रीमा, क कसले दिन पाउन्छन् आवेदन ?

१५ मंसिर २०७९, बिहीबार ११:३०

काठमाडौं । ज्याति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि आवेदन दिए पश्चात उक्त शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति शेयर खरीद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक शेयरधनीबाट निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य लगानीकर्तालाई शेयर विक्री गर्ने पनि कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*