नेपालको अर्थतन्त्रको संरचनात्मक क्षेत्रमा समस्या छ: अर्थमन्त्री शर्मा

काठमाडौं । नेपालको अर्थतन्त्रको संरचनात्मक क्षेत्रमा समस्या रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले २६ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
खुला सीमानाका करण राजस्व घटेको स्वीकार गर्दै उनले निर्वाचनका कारण यता ध्यान दिन नसकेको बताए । अब प्रविधिको प्रयोग गरेर कम गर्ने उनले बताए ।नेपालको व्यापार घाटा कम गर्न पानीको सदुपयोग गरेर ईन्धन आयात रोक्नु पर्ने उनले बताए ।
युवालाई प्रविधी क्षेत्रमा रोजगार बढाउने र कृषि तथा पर्यटनमा रोजगारी बढाउने हो भने देश समृद्धिमा जाने उनको भनाइ छ । पूर्वाधारमा लगानी बढाउन सकिए जुम्ला १२ घन्टामा र चितवन १ घन्टामा पुग्नसकिने उनको भनाइ छ ।
अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको बताए। पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ ।
“हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकैपटक सङ्कटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन”, उनले भने, “जेजति चुनौती छन् त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ ।”












