उतारचढावकाबीच शेयरबजारमा सामान्य अंकको सुधार, कारोबार अर्बमाथि
१५ मंसिर २०७९, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१ विन्दुमा कायम भएको छ ।
अघिल्ला दिनहरुमा घटबढको उतारचढाव देखिएको शेयरबजारमा आज ११ अंकको सुधार देखिएको हो । शेयरबजार खुलेको केही समयसम्म नेप्से सूचक झिनो अंकले घटेपनि कारोबार बन्द हुँदासम्म ११ अंकले बढेर बन्द भएको हो ।
आज नेप्सेमा सूचीकृत २४१ कम्पनीको ३८ लाख ६५ हजार ९६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।












