माछापुच्छ्रे बैंकको पेप्सीकोला शाखा स्थानान्तरण
१६ मंसिर २०७९, शुक्रबार ०९:५६

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको पेप्सीकोला शाखा स्थानान्तरण भएको हो ।
काठमाडौं महानगरपालिका वडा नं. ३२ पेप्सीकोला स्थित रहेको बैंकको शाखा कार्यालय मंसिर ९ गते शुक्रबारदेखि साविक स्थानबाट करिब ५० मिटर दक्षिण तर्फको भवनमा स्थानान्तरण भएको हो ।
साथै बैंकले शाखा स्थानान्तरण गर्दा ग्राहकको लकर पनि स्थानान्तरण गरिने भएको हुँदा पेप्सीकोला शाखामा लकर सेवा लिएका ग्राहकहरुले लकरभित्र कुनै टुटफुट हुने सामान राखेको खण्डमा वा आफ्नो सामान सुरक्षित स्थानमा राख्न चाहेमा शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।












