सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१८ मंसिर २०७९, आईतवार १०:३९

काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (आईतबार) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १९ गते बुकक्लोज गर्ने भएको छ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ३ गते १८ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा आम्रपाली ब्यांक्वेट, बालुवाटारमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

गत साताको अन्तिम कारोबार दिन बैंकको शेयर प्रतिकित्ता २६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*