धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर सम्झौता, शेयर कारोबार रोक्का

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय सस्था र खप्तड लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर)मा जाने सम्झौता भएको छ ।
यी दुईसंस्थाबीच मंसिर १८ गते बिहान ९ बजे मर्जरमा जाने सहमतिपत्र (एमओयू)मा हस्ताक्षर भएको हो । सम्झौता भएसँगै नेप्सेले धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्तको शेयर कारोबार रोक्का राखेको छ ।
संस्थाले आधारभूत शेयरधनीको शेयर रोक्का राखी दिनको लागि निवेदन दिएबमोजिम नेप्सेले सो संस्थाको कारोबार रोक्का राखेको हो ।
धौलागिरी लघुवित्त र खप्तड लघुवित्त बीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच आज बिहान मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेक हुन् । सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त नै रहने छ भने अध्यक्षमा इश्वरलाल राज भण्डारी रहने छन् ।












