झिनो अंकले बढ्यो नेप्से, कारोबार डेढ अर्बमाथि

१८ मंसिर २०७९, आईतवार १५:१४

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । गत साता उचारचढाव देखिएको नेप्से परिसूचक आज २.१६ अंकले बढेर इन्डेक्स १९६२ मा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५६ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्से सूचक सामान्य बढेपनि आज कारोबार अर्बमाथि भएको छ । गत साताको अन्तिम दिन शेयरबजार बढेर बन्द हुन पुगेकोले पनि आजको कारोबार रकम बढ्न पुगेको हो । त्यस्तै, नेप्सेले पछिल्लो समय रोक्का रहेको दर्जन भन्दा बढी कम्पनीको शेयर कारोबार फुकुवा गरेदिएका कारण पनि केहीदिनयता कारोबार रकम माथि उक्लिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*