नेप्सेमा थप २६ लाख ७९ हजार कित्ता शेयर सूचीकृत

१८ मंसिर २०७९, आईतवार १६:०३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि शेयरबजारमा कारोबार गर्न पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*