अजोड इन्स्योरेन्सकोे शेयर कारोबार फुकुवा, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने
१८ मंसिर २०७९, आईतवार १६:०७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च नेप्सेले अजोड इन्स्योरेन्सकोे शेयर कारोबार फुकुवा गरेको छ ।
नेप्सेले आधारभुत शेयरधनी बाहेक अन्य शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यस कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थिए ।
कम्पनीको शेयर भोलिदेखि दोस्रो बजा।रमा कारोबारमा आउनेछ । प्रभु इन्स्योरेन्स र यस अजोड इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै साउन १ गतेदेखि दुबै कम्पनीको शेयर कारोबार रोकिएको थियो ।













