रिडी पावरको शेयर कारोबार फुकुवा, भोलिबाटै कारोबारमा आउने

१८ मंसिर २०७९, आईतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रिडी पावर कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले कम्पनीको मंसिर ७ गतेको पत्रानुसार शेयर कारोबार फुकुवा गरिदिएको हो ।

कम्पनीले गत मसिर ६ गते कारोबार समयमा संचालक समितिको बैठक बसी आव २०७८।७९ को लाभांश घोषणा सम्बन्धी पत्र कारोबार समयपश्चात नेप्सेमा पठाएकोमा नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो ।

सो सम्बन्धमा भुलबस समय अन्यथा हुन पुगेको र अब उप्रान्त त्यस्तो कमिकमजोरी नगर्ने प्रतिबद्धता ब्यक्ति गर्दै कम्पनीले क्षमायाचना मागेकोले नेप्सेले सचेत गराउँदै मंसिर १९ गतेदेखि लागू हुनेगरी फुकुवा गरिदिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*