कालिन्चोक दर्शनको आइपीओमा वैदेशिक रोजगारी गएका कति श्रमिकहरुले दिए आवेदन ?

१८ मंसिर २०७९, आईतवार १८:३३

काठमाडौं । कालिन्चोक दर्शनको आइपीओमा वैदेशिक रोजगारी गएका कति श्रमिकहरुको आवेदन मात्रै सार्वजनिक गरेको छ । कम्पनीले स्थानीय र वैदेशिक दुबैको लागि आइपीओ जारी गरेको हो । स्थानीयले भने हालसम्म कति आइपीओमा आवेदन दिएको सार्वजनिक गरेको छैन ।

कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३ करोड १० लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसम्म ५७१ जनाले ३ लाख १० हजार ७५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २।८७ गुणा बढी आवेदन हो ।

कालिन्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ६० करोडको २५ ले हुने १ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको हो । तसर्थ, स्थानीयले १ लाख २० हजार कित्ता आइपीओका लागि आवेदन दिन सक्नेछन् ।

यता, सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरमध्ये १०५ अर्थात १ लाख ८ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि १० हजार ८०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

दुवै समूहका आवेदकहरुले मंसिर २८ गतेसम्म आइपीओ भर्न सक्नेछन् । यद्दपि, स्थानीयका लागि भने सम्पूर्ण सेयरमा आवेदन नपरेमा पुस १४ गतेसम्म बिक्री खुला रहने कम्पनीले जानकारी गराएको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ । कालिन्चोक दर्शनको आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*