मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

१९ मंसिर २०७९, सोमबार १०:३१

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको आज (मंसिर १९ गते) बिहान ८ बजे बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको १२.३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश तिवरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*