शेयर फुकुवा भएसँगै रिडी हाइड्रोपावरको सर्वाधिक ९ करोडमाथिको कारोबार

१९ मंसिर २०७९, सोमबार ११:२८

काठमाडौं । रिडी हाइड्रोपावरको शेयर आजदेखि कारोबारमा आएको छ । शेयरबजार खुलेको केही समयमा नै सो कम्पनीका लगानीकर्ताहरुले धमाधम शेयर किनबेच गरेको देखिएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको ९ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेले कम्पनीको शेयर कारोबार आजदेखि फुकुवा गरिदिएको हो । कम्पनीले केही दिनअघि कारोबार समयपश्चात लाभांश घोषणा गरेको पत्र नेप्सेमा पेश गरेकोले नेप्सेले सो कम्पनीको कारोबार रोक्का राखेको थियो ।

आजदेखि कम्पनीको शेयर फुकुवा भएसँगै लगानीकर्ताहरुले धमाधम शेयर खरिदबिक्री गरेका हुन् । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य १.३६ प्रतिशत अर्थात् ७ रुपैयाँ बढेर ५२० रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*