रिडी हाइड्रोपावरसहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
१९ मंसिर २०७९, सोमबार १५:०५

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा २४ अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.२५ प्रतिशतले घटेर इन्डेक्स १९३८ विन्दुमा कायम भएको छ ।
शेयरबजार घट्दा आज १ अर्ब ६७ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक रिडी हाइड्रोपावरको ३० करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको २० करोड २३ लाख, नबिल बैंकको ८ करोड ४७ लाख, हिमायन डिष्टिलरीको ७ करोड ३८ लाख र नेष्डो समृद्ध लघुवित्तको ३ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













